आषिका लम्साल
विराटनगरः मन्दिरमा कुमारी कन्या बनेर एक दिन पुजा गर्दा पाँचहजार कमाउन सकिने लोभ देखाउर एक नेपाली चेलीलाई भारत लाने तीन जना पक्राउ परेका छन ।
विराटनगरको जोगबनी नाकाहुदै भारत विहारको फारबिसगज्ज शहर सम्म पुरयाइएकी सुनसरी झुम्काकी एक १७ बर्षिया किशोरी भागेर फर्कन सफल भएपछि उनलाई भारत लाने दुई पुरुष र एक महिलालाई प्रहरीले पक्राउ गरवेको हो ।
आइतवार ती किशोरीलाई चोरबाटो हुदै भारत लगिएको थियो । तर किशोरी भागेर नेपाल फर्केकी थिइन । नेपाल फर्केकी किशोरीको सोमवार साँझ ७ बजे विराटनगर महानगरपालिका–१७ सिमावर्ती ईस्लामपुरबाट अधिकारकर्मीको सहयोगमा प्रहरीले उद्धार गरेको थियो । साथै किशोरीलाई फकाउदे पछिपछि आएका तीनै जना आरोपीहरुलाई पनि प्रहरीे नियन्त्रणमा लिएको थियो ।
पक्राउ पर्नेहरु मोरङको लेटाङ नगरपालिका–३ घर भइ सुनसरी रामधुनी नगरपालिका–५ झुम्कामा बस्दै आएकी २२ वर्षीया मनिका ढकाल, सप्तरी विष्णुपुर गाउँपालिका–५ का २८ वर्र्र्षीय सुमितकुमार मण्डल र सप्तरी तिलाठीकैलारी गाउँपालिका १ घर भई विराटनगर बस्दै आएका २० वर्षीय प्रदीपकुमार मण्डल छन ।
झुम्का बजारमा तरकारी विक्रि गर्ने मनिकाले विराटनगरमा हुने पूजामा सहभागी हुँदा कुमारी केटीलाई पाँच हजार दिने र आफूले एउटा मोबाइल किनिदिने भन्दै छिमेकी किशोरीलाई आइतबार बिहान ललाई फकाई झुक्याएर विराटनगर ल्याएकी थिइन । त्यसपछि उनका सहयोगीहरु सुमित, प्रदीप मिलेर चोरबाटो हुँदै भारततर्फ लगेका थिए ।

avukata kati  (3)

प्रहरीका अनुसार उद्धार गरिएकी किशोरी आरोपी मनिका ढकालकी छिमेकी हुन । उनको मनिकाको घरमा राम्रो सम्बन्ध थियो । मनिकालाई सहयोगी सुमितले विवाह नभएकी पाँच फुट अग्ली युवती ल्याएमा ४–५ लाख रुपैयाँ कमाउन सकिने आश्वासन दिएका थिए । यसैले लाखौ रुपैयाको लालचमा परेर किशोरीको परिवारलाई एक दिन पुजाकालागि भारत जानुपर्ने र पाँच हजार आम्दानी हुने आश्वासन दिएर भारत जान सहमत गराएकी थिइन । पूजामा बस्दा कालो लुगा लगाउनुपर्ने लुगाले छोप्दा डराउन नहुने भन्दै मनिकाले यात्रका क्रममा आवश्स्त पार्न खोजेको र भारतमै ईन्चिटेप किनेर आफनो हाइट पनि नापेकोले आफुलाई बलिदिनकालागि लगेको हुनसकने किशोरीको आशंका छ । ्
बेचिन लागेको थाहा पाएपछि फारबिसगन्ज पुगेपछि अर्को बस चढेर अन्यत्र लाने क्रममा गाडीबाट हाम्फालेर भागेको बयान किशोरीले प्रहरीलाई दिएकी छन । किशोरी भागेर फर्केपछि पोल खुल्ने भयले उनलाई लैजानेहरु पनि फर्किएको प्रहरीले बताएको छ । भागेर जोगबनी आइपुगेकी किशोरी र उनका सहयोगीलाई नाकामा रहेको साना हातहरु नामक संस्थाको सहयोगमा उनीहरुलाई प्रहरीको जिम्मा लगाइएको थियो । पक्राउ परेका सुमितले प्रहरीलाई बताए अनुसार भारतमा बस्ने उनका भिनाजुले कुमारी केटी ल्याएमा १२ लाख रुपैयाँ दिने आश्वासन दिएका थिए ।

मोरङका एसपी सन्तोष खडकाले उद्धार गरिएकी किशोरीले आफुलाई मन्दिरमा बिक्रि गरेर वलिदिनकालागि लान लागेको योजना थाहा पाएर नेपाल फर्केको बयान दिएको तर अझै अनुसन्धान पुरभैनसकोले वास्तविकता यकिन नभएको बताए । भने , ‘मन्दिरमा बस्दा पैसा धेरै कमाउने प्रलोभन देखाएर मानव वेचिखनकालागि चेलीलाई भारत लगेको पृष्टि हुन्छ तर वलिदिनकै लागि हो भन्ने यकिन भैसकेको छैन हामी अनुसन्धान गर्दैर्छौ ।,
एसपी खडका अनुसार पक्राउ परेका तीनै जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन कसुरमा अदालतमा म्याद थप गरिएको छ ।