इटहरी :  सुनसरीको तल्लो क्षेत्रका सिमानाकाबाट पनि दैनिक जसो अवैध लागुऔषधहरु भित्रिने गरेका छन् ।

सुनसरी जिल्ला प्रहरी कार्यालयले विहिबार ४९ बोतल डाइलेक्स डिसि १ सय एमएल पक्राउ गरेको छ ।

प्रहरीको टोलिले हरिनगर गाउँपालिका वडा नम्बर ६ स्थित घुस्की बस्ने वर्ष १९ का मो. इन्तियाज अंसारी र घुस्की बजार बस्ने अकमुल अन्सारीलाई पक्राउ गरेको हो ।

इनरुवा नगरपालिकाको वडा नम्बर १ स्थित गोलपार्क नजिकै प्रहरीको टोलिले ४९ बोतल डाइलेक्स सहित दुई जनालाई पक्राउ गरेको छ ।

खुला सिमानाका भएका कारण तराईका विभिन्न स्थानबाट अवैध लागुपदार्थ ओसारपसार बढ्दै गएको छ ।

भारतीय बजारबाट लागुऔषधहरु ओसारपसार गर्न तराई क्षेत्रका युवाहरु प्रयोग हुने गरेका छन् ।
इन्तियाजले चलाएको साइकलको पछाडि सवार रहेका अकमुललाई प्रहरीले शंका गरि खानतलासी गर्न खोज्दा अकमुलले बोकेको झोलामा लागुऔषध भेटिएको थियो भने इन्तियाज फरार रहेका छन् ।
उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम जिल्ला अदालत सुनसरीबाट ५ दिनको म्याद थप गरि अनुसन्धान अघि बढाएको जनाएको छ ।