इटहरीः सुनसरीको बराहक्षेत्रमा १२ वर्षीया बालिकाको हत्या भएको छ । उनको शब घरमै भेटिएको छ बराहक्षेत्र नगरपालिका वार्ड नम्बर १ कटहरेकी १२ बर्षकी मिना राईको शव भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाका अनुसार बालिकाको शव उनकै घरमा भेटिएको जानकारी दिए ।
‘शवको प्रकृति हेर्दा हत्या देखिन्छ, घटनाको अनुसन्धान भइरहेको छ’ उनले भने ‘घटनामा संलग्न एक जनालाई नियन्त्रणमा लिइएको छ ।’
शव भेटिएको घरमा धरानस्थित सङ्घीय प्रहरी इकाई कार्यालयबाट ट्रयाकर डग ‘लैला’ समेत मगाई अनुसन्धान भइरहेको थापाले बताए । लैलाले पनि नियन्त्रणमा लिएका व्यक्तिलाई सङ्केत गरेपछि अनुसन्धानको उनलाई नियन्त्रणमा लिइएको बताए ।
हत्या भएकी बालिका शुक्रवार राती छिमेकीको घरमा धामी बसेको हेर्न आमा,बुबा सहित गएकी थिइन । धामी बसेको हेरेर आमा,बुबा घर फर्किँदा उनी घर भित्रै मृत अवस्थामा भेटिएको बताइएको छ । बालिकाको राती नै हत्या भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । हत्या भएको स्थानमा सिसाका टुक्राहरु भेटिएको प्रहरीले जनाएको छ ।