इटहरी : सुनसरी जिल्ला प्रहरी कार्यालयले भारतबाट ल्याइएका भारी मात्रामा अवैध लागुऔषध पक्राउ गरेको छ ।
सुनसरीको भोक्राहा नर्सिङ ४ चिरौली नहरबाट वर्ष २० का जमाल अन्सारी र सोही स्थान बस्ने वर्ष २२ का प्रविण कुमार उरावलाई लागुऔषध सहित पक्राउ गरेको हो । उनीहरुको साथबाट डाइलेक्स डिसि १ सय एमएल १ सय ७ बोतल, निट्रा भेट ३ हजार ट्याब्लेट र स्पास्मो प्रोक्सीभोन प्लस २९ पत्ता बरामद गरेको हो । उनीहरुलाई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम सुनसरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
भारतबाट अवैधरुपमा ल्याइएका चौपायाहरु जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ । प्रहरीले मिनि ट्रकमा हालेर भारतबाट अवैध रुपमा ल्याउँदै गरेको २४ थान रागा सहित १ वटा पाडी बरामद गरेको हो ।
इनरुवा नगरपालिका वडा नम्बर ४ स्थित बसपार्क नजिकै पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ आउँदै गरेको प्र–१–०–२००१ ख ८१५६ नम्बरको मिनि ट्रकमा ल्याइएका चौपायाहरु पक्राउ गरेको प्रहरीले जनाएको छ ।
करिब २ लाख ४० हजार मुल्य बराबरको २४ थान रागा, १० हजार मुल्य बराबरको १ वटा पाडी र १५ लाख मुल्य बराबरको मिनि ट्रक नियन्त्रणमा लिएको जनाएको छ । ट्रकका चालक इनरुवा ४ बस्ने वर्ष २८ का राजकुमार मण्डललाई पनि पक्राउ गरिएको जनाएको छ । उनीहरुलाई सुनसरी भन्सार कार्यालय कोशी ब्यारेजमा पठाइएको जनाएको छ ।