इटहरीः झापाको गौरादहमा हथौडाले हानेर हत्या गरिएको अवस्थामा ६५ वर्षीया महिलाको शव फेला परेको छ ।

गौरादह १ शिवालय मन्दिर नजिकै बस्ने मनमाया भण्डारीको शव आप्mनै घरमा निधार र टाउकोमा हथौडा प्रहार भएको र हात बाँधिएको अवस्थामा खाटमुनि फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायबउपरीक्षक राकेश थापाले जानकारी दिए ।

उनका अनुसार महिला हिजो सोमबार बेलुका नै हत्या भएको हो । धरानबाट आएको तालिम प्राप्त कुकुर लैला सहितको टोलीले घटनाको अनुसन्धान गरिरहेको उनको भनाइ छ । घटनापछि प्रहरीले परिवारका सदस्यहरुलाई पनि निगरानीमा राखेको बताउँदै थापाले शवलाई पोष्टमार्टमका लागि पठाइएको जानकारी दिए । मृतकका देवर खगेन्द्र भण्डारीले घरमा कोही नभएको मौकामा भाउजुको हत्या भएको बताए ।