इटहरीः केहि दिन अगाडि हामीले इटहरीकी शोभा भट्टराईको ४ लाख ५ हजार ‘झ्वाम’ पारेर फरार भएका सन्तोष पोखरेलको बारे एक समाचार प्रस्तुत गरेको थियौँ । त्यही समाचारमा इटहरी १३ खनारका सुशील राजभर पनि जोडिएको भन्ने समाचार आयो । हामीले गरेको एक खोजिमा सुशीलको सो प्रकरणमा दुई जनालाई भेटाउनेसम्मको मात्र काम भएको खुलेको छ । उनले दिएको जानकारी अनुसार शोभा र सन्तोषलाई भेटएको र १ लाख २५ हजार सन्तोषलाई पठाउँदासम्मको कारोबार मात्र आफूलाई थाहा भएको बताएका छन् । प्रदेश पोर्टल सँग मंगलवार कुरा गर्दै सुशीलले सो कुरा बताएका हुन् ।
‘मलाई शोभा दिदीहरुले संस्थाको फोकल पर्सन बनाउनु भएको थियो । र केहि कार्यक्रम थाहा भए भन्न भन्नुभएको थियो । सन्तोषले मलाई कार्यक्रम आएको जानकारी दियो र मैले सो कुरा शोभा दिदिहरुलाई भने । त्यसपछि उहाँहरुविच सम्र्पक भएको हो’, सुशीलले भने । उनका अनुसार शोभाले ४ लाख ५ हजार सन्तोषलाई पठाएको भन्दा मात्र आफूलाई थाहा भएको बताए । ‘मलाई शोभा दिदिहरुले १ लाख २५ हजारसम्म सन्तोषलाई पठाउँदासम्म थाहा छ । त्यसपछि उहाँहरुले मलाई त्यति वास्ता गर्न छोड्नुभयो अनि मैले पनि चासो दिन छोड । उहाँले भने जस्तो ४ लाख ५ हजार पनि दिएको भन्ने जानकारीपछि सन्तोषले नतिर्ने भयो भन्ने लागेपछि मलाई सुनाउनुभयो’, सुशीलले भने ।
सुशीलका अनुसार त्यो पैसा सिधै सन्तोषलाई नपठाएको, विशाल ढुङ्गेल मार्फत् सन्तोषलाई बुझाइएको बताए । साथै १ लाख २५ हजार मध्ये २५ हजार सन्तोष इटहरी आउनु अगाडि नै पठाइएको जानकारी दिए । जब सन्तोषको आनिवानि माथी शोभालाई संका लागेर आफूलाई भनेको बताए । ‘शोभा दिदिहरुलाई एक समयमा आएर सन्तोषले भने जस्तो कुनै कुरा नभएर अरुनै केहि हो कि भनेर संका गर्नुभए छ र मलाई जानकारी दिनुभयो । त्यसपछि मैले सन्तोषलाई सामाजिक सञ्जाल फेसबुकमा पैसा तुरुन्त फिर्ता गर्न निर्देशन दिए । उसले मलाई २ दिन पछि आफूले लिएको भन्दा बढि पैसा दिने भनेर भन्यो’, सुशीलले भने ।
सुशीलले अगाडि आएको समाचारमा शोभा दिदिले आफूलाई टाढा हुँदै गएकोमा आपत्ति भएको बताए । ‘म शोभा दिदिसँग निरन्तर सम्पर्कमा छु । केहि समय अगाडि म विरामी परेकोले कसैको सम्पर्कमा पनि नआएको सोहि अनुरुप शोभा दिदिसँग पनि सम्र्पकमा आउनु सकिन । यसले मलाई हराएको भन्न मिल्दैन । केहि समय अगाडि मैले दिदिलाई सामाजिक सञ्जाल मार्फत् जन्मदिको शुभकामना पनि दिएको छु । म निरन्तर उहाँसँग सम्पर्कमा नै छु’, सुशिलले भने । साथै सुशीलले इलाका प्रहरी कार्यालय इटहरीमा मुद्दा हाल्न पनि सघाएको बताए । उनले शोभालाई अदालतमा मुद्दा हाल्न पनि अनुरोध गरेको जानकारी दिए । यसरी हरेक कुरामा साथ दिँदा पनि टाढा गएको भन्दा चित्त दुखेको सुशीलले दुखेसो पोखे ।