इटहरीः सुनसरीको भण्टाबारी नाकाबाट बलि दिने उद्देश्यले भारततर्फ लैजान लागिएकी १८ वर्षीय युवतिलाई आज बुधबार सशस्त्र प्रहरी बलले उद्दार गरेको छ ।

उद्दार गरिनेमा सप्तरीको दौलतपुर नगरपालिकार नगरपालिका–३ घर भएकी १८ वर्षीया विपना चौधरी रहेको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट भण्टाबारीका प्रहरी निरीक्षक भुवन खड्काले जानकारी दिए ।

bali

कोशी गाउँपालीका ८ स्थित सीमा क्षेत्रबाट उनलाई उद्दार गरिएको बताउँदै खड्काले युवतिलाई बलि दिन भारततर्फ लान खोज्ने सप्तरीको शम्भुनाथ नगरपालिका ७ की २२ वर्षीया सुचिनकला चौधरी, सप्तरीकै अग्नीसाइबर कृष्णसवरण गाउँपालिका–४ घर भएका २९ वर्षीय साहिल मन्सुरी र सिरहाको लहान नगरपालिका–१९ का ३२ वर्षीय जिवछ साहलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको र पीडित युवतिलाई परिवारको जिम्मा लगाइएको स्पष्ट पारे ।