इटहरीः गृहमन्त्री रामबहादुर थापाले देशमा दैनिक ६–७ जनाको बलात्कार हुने गरेको बताएका छन् ।
आज बुधबार प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकलाई सम्बोधन गर्दै उनले फितलो र अपर्याप्त कानूनी प्रावधानका कारण यस्तो भएको बताएका हुन् । असोज ७ गते बलात्कारपछि हत्या गरिएकी सम्झना कामीको हत्यामा संलग्न राजेन्द्र बोहोरालाई पक्राउ गरिएको बताउँदै उनले अन्य प्रकरणमा पनि छानबिन गरी दोषीलाई कारबाही गरिने आश्वासन दिए ।
कडा कानूनी प्रावुधानका बावजुद बलात्कारका अभियुक्तले उन्मुक्ति पाइरहेको उनको कथन छ । परिवार र पञ्चायतले बलात्कारको घटनाबारे उजुरी गर्न नदिँदा सप्तरीकी बलात्कृत बालिकाले आत्महत्या गरेको भन्दै गृहमन्त्री थापाले बलात्कारजस्तो जघन्य अपराुधको मुद्दामा मेलमिलाप गराउनेलाई कडा कारबाही गरिने चेतावनी दिए ।