इटहरीः मलेसियामा नेपालीलाई अपहरण गरी शरीर बन्धक बनाएको आरोप लागेका मोरङको सुन्दरहरैंचा नगरपालिकाका घर भई हाल काठमांकौ बस्ने डेबिड भनिने दुर्गाबहादुर श्रेष्ठ आज बुधबार नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीआईबीद्वारा गिरफ्तार भएका छन् ।

मलेसियामा आफ्नो रेष्टुरेन्टमा काम गर्ने दाङका मोहम्मद रैदासलाई ६ दिन अपहरण गरी शरीर बन्धक बनाएको उजुरीका आधारमा प्रहरीले उनलाई महाराजगञ्जबाट पक्राउ गरेको सीआइबीका प्रमुख प्रहरी नायव महानिरिक्षक सहकुल थापाले जानकारी दिए ।

उनका अनुसार विगत २२ वर्षदेखि मलेसियामा रेष्टुरेन्ट व्यवसाय गर्दै आएका श्रेष्ठ काठमांडौ फर्किएपछि प्रहरीको फन्दामा परेका हुन् । गत जुनमा अभियुक्त श्रेष्ठले रैदासलाई आफ्ना चालकको कोठामा ६ दिन बन्धक बनाएर दाङमा रहेकी रैदासकी श्रीमतिसँग ६० हजार रिंगिट फिरौती मागेका थिए ।