इटहरीः मोरङको सुन्दरहरैंचा नगरपालिका–३ आइतबारेमा हिजो बुधबार बिहान बोक्सीको आरोपमा महिलामाथि कुटपिट भएको छ ।

प्रहरीका अनुसार ३८ वर्षीया महिलामाथि कुटपिट भएको हो । पीडितको जाहेरीका आधारमा कुटपिटमा संलग्न२९ वर्षीया धनहीरा राई आज बिहीबार पक्राउ परेकी छन् । आफूलाई धामी बताउने धनहिराले बोक्सीको आरोपमा शरिरका विभिन्न भागमा त्रिशुल प्रहार गरेपछि पीडित महिला घाइते भएकी छिन् । चिन्ता बसेको ठाउँमा आएर जथाभावी गरेको र बोक्सीको तन्त्रमन्त्र गर्दैै धामीविद्यामा असर पु¥याएको भन्दै आफूलाई धनहीराले कुटपिट गरेको पीडितले बताएकी छन् । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार पिडकलाई बोक्सी आरोपको कसुरमा मुद्दा चलाउने तयारी गरिएको छ ।