इटहरीः प्रदेश १ मा गत आर्थिक वर्ष २०७६÷७७ मा १० करोड ७१ लाख मूल्यका अवैध सामान बरामद भएको छ ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार सुनसरी, मोरङ, झापा, इलाम र उदयपुरका सीमावर्ति क्षेत्रबाट सो मूल्य बराबरको सामान बरामद गरिएको हो । झापाबाट ४ करोड २९ लाख १४ हजार २ सय ८६ रुपैयाँ, मोरङबाट १ करोड १८ लाख ९८ हजार ९ सय ४७ रुपैयाँ, सुनसरीबाट १ करोड ९७ लाख २३ हजार ८१ र इलामबाट ३ करोड २५ लाख ९१ हजार ५ सय ७७ रुपैयाँ मूल्यका सामान बरामद भएको प्रदेश १ प्रहरी प्रवक्ता कविन्द्रकुमार कार्कीले जानकारी दिए ।

लकडाउनयता मात्र प्रहरीले सुनसरी, मोरङ, झापा र इलामबाट ४ करोड ३० लाख ९८ हजार ९ सय ४७ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । यस वर्षको असारमा मात्र प्रहरीले तीन करोड ८३ लाख ५२ हजार दुई सय ४३ रुपैयाँ मूल्यका भन्सार छली आयात गरिएका सामान बरामद गरेको छ । गत आर्थिक वर्ष २०७५÷७६ को असारमा २२ लाख ५४ हजार एक सय ९९ रुपैयाँको सामान बरामद भएकोमा यस वर्ष ९४.१२ प्रतिशत बढी मूल्यका सामान बरामद गरेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।