इटहरीः मोरङको विराटनगरस्थित जिल्ला कारागार मोरङमा कोरोना संक्रमितको व्यवस्थापनका लागि आइसोलेसन सेन्टर निर्माणको काम सुरु भएको छ ।

कारागारमा गत बुधबार एक बन्दीको संक्रमणका कारण ज्यान गएपछि आइसोलेसन निर्माण सुरु गरिएको हो । जेलर सुवास लामिछानेका अनुसार बुधबार इटहरी घर भएका २७ वर्षीय पुरुषमा मृत्यृपछि कोरोना पुष्ति भएको थियो भने यसअघि नै थप एक कैदी पनि संक्रमित देखिएका थिए । असोज ११ गते संक्रमण पुष्टि भएका जबर्जजस्ति करणी मुद्दाका अभियुक्त ती पुरुषको हाल कोसी अस्पतालमा उपचार जारी छ ।

isolation

जेलर लामिछानेले प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी संक्रमित कैदीबन्दीहरुसँगै रहेका र उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गरी परीक्षण गर्ने तयारी भइरहेको जानकारी दिएका छन् । संक्रमितको व्यवस्थापनका लागि कारागारभित्र टोपी र मुढा बनाउने कोठालाई आइसोलेसन सेन्टरमा परिणत गरिने जेलर लामिछानेको भनाइ छ । उनका अनुसार हाल मोरङ जिल्ला कारागारमा ८१ जना महिलासहित नौ सय २२ जना कैदीबन्दी रहेका छन् ।