संखुवासभाः संखुवासभा प्रहरीले बुधबार खाँदबारी नगरपालिका–५ माल्टामा गाँजा फँडानी गरेको छ ।
विभिन्न स्थानमा प्राकृतिक रुपमा उम्रिएको गाँजाको छ सय एघार बोट प्रहरीले बुधबार फँडानी गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शन्तोष कुमार बुढाथोकीले जानकारी दिए ।
गाँजा सेवन गर्नेको संख्यामा वृद्धिहुँदै गइरहेको हुनाले त्यसले जघन्य तथा सामाजिक अपराधमा वृद्धि हुन सक्ने भएको हुनाले गाँजा फडानी गरिएको प्रहरी निरिक्षक बुढाथोकीले बताए ।
प्रनि बुढाथोकीका अनुसार गाँजा सेवन गर्ने स्थान, उत्पादन गर्ने तथा विक्रिवितरण गर्ने स्थानहरुको खोजीकार्य भईरहेको छ ।