इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका–२ देवीथान क्षेत्रमा छोराको किड्नी फेल भएको, कसैले कान नसुन्ने, कसैले आँखा नदेख्ने भन्दै बहानाबाजी गरी स्थानीयसँग चन्दा संकलन गरिरहेको अवस्थामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीको धरान–१६ स्थित गैरीगाउँका २१ वर्षीय अमन मगर, भोजपुरको कटुन्जे–९ घर भई धरान–१६, गैरीगाउँ बस्ने २५ वर्षीय मदन खत्रि र झापाको खदनाबारी घर भएका ललित गिरी रहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक रमेशकुमार बस्नेतले बताए । गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई गत असोज १५ गते पक्राउ गरी हिरासतमा राखेको उनको भनाइ छ ।