इटहरीः सुनसरीको इटहरीस्थित इलाका प्रहरी कार्यालयको गस्ति टोलीले इटहरी–५ स्थित माझीटोलमा पर्ने मुख्य सडक क्षेत्रबाट ट्रकमा राखेको एक हजार दुई सय किलो सुर्तिसहित तस्करीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बा २ ख २७४१ नम्बरको ट्रकका चालक दोलखाको मैलुङ–१ बस्ने ज्ञानु कार्की र सोही ट्रकलाई स्कर्टिङ गरिरहेको को ५ प ४३९८ नम्बरको मोटरसाइकलका चालक सुनसरीको भोक्राहा–९ बस्ने २२ वर्षीय पर्वत पोद्दार रहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक रमेशकुमार बस्नेतले बताए ।

उनका अनुसार उनीहरुका साथबाट तीन लाख ६० हजार रुपैयाँ बराबरको एक हजार दुई सय किलो सुर्तिका साथै को १४ प ७०२३ नम्बरको होन्डा कम्पनीको मोटरसाइकल को ५ प ४३९८ नम्बरको मोटरसाइकल, को ५ प ४३९८ नम्बरको होन्डा मोटरसाइकल र बा २ ख २७४१ नम्बरको ट्रकको चेचिस चेचिस बरामद गरेको छ । बरामद गरिएका सामानहरु आवश्यक कारबाहीका लागि सुनसरीको कोशी ब्यारेजस्थित सेतुबन्ध भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।