इटहरी: जिल्ला प्रहरी कार्यालय अनुसार शनिबार प्रहरीले ठुलो मात्रामा लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । अवैधरुपमा लागुऔषध सहित सुर्ति, सालको काठ लगायत कारोबारमा संलग्नहरुलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ ।
त्यसै गरि शनिबार इटहरी ५ हलगडाबाट ५० केजिका दरले २४ बोरा सुर्ति पक्राउ गरेको छ । प्रहरीको टोलिले बा २ ख २७४१ नम्बरको ट्रकमा भारतबाट लुकाई छिपाइ ल्याएको अवैध खुल्ला सुर्ति सहित ट्रकका चालक दोलखा मेलुङ १ का ३६ वर्षिय ज्ञानु कार्की र सुनसरी स्थित भोक्राहा ९ का २२ वर्षिय पर्वत पोद्दारलाई पक्राउ गरेको छ । बरामद गरिएको सुर्ति पोद्दारको रहेको प्रहरीले बताएको छ । पोद्दारले चलाएको को ५ प ४३९८ नम्बरको मोटरसाईकल र को १४ प ७०२३ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ ।
इनरुवा नगरपालिकाको वडा नम्बर ३ महेन्द्र चौक स्थित पुर्व पश्चिम राजमार्ग नजिकै झाडीमा लुकाई राखेको अवश्थामा लागुऔषध पक्राउ गरेको हो । प्रहरीले डाइलेक्स डिसि १ सय एमएल लेखिएको १ सय ४० बोतल, स्मास्मो प्रोक्सिभोन प्लस लेखिएको १ सय ६५ फाइल र निट्रा भेट लेखिएको ४५ फाइल पक्राउ गरेको हो । लागुऔषधको कारोबारमा संलग्न रहेकोमा दुहबी नगरपालिका घर भइ इनरुवा बस्दै आएका २६ वर्षिय दिपक कुमार यादव र हरिनगर गाउँपालिका वडा नम्बर ६ बस्ने वर्ष ३४ का सहिद मिया पक्राउ परेका हुन् । उनीहरुलाई सुनसरी जिल्ला अदालतबाट म्यान थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।