इटहरीः उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगड सञ्चालक रहेको दुगड स्पाइस एण्ड फुडस प्रालिले नुनको अनाधिकृत प्याकेजिङ तथा अस्वभाविक मूल्यमा बिक्री गरेको भन्दै राष्ट्रिय उपभोक्ता मञ्चले सो उद्योगविरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी दर्ता गराएको छ ।

upabhokta1

मञ्चले गत असोज १६ गते प्रधानमन्त्री कार्यालयमा पत्राचार गरेको हो । यसअघि नै भ्रष्टाचार, कमिशन, केही व्यापारिक घरानासँगको मिलेमतोमा करमा घटबढ गरेको विवादमा मुछिएका राज्यमन्त्री दुगडको भ्रष्ट कार्यशैलीप्रति उपभोक्ता आक्रोशित भएका छन् । सरकारी निकायमा दर्तासमेत नगरिएको राज्यमन्त्री दुगडको सो उद्योगले प्रति एक सय ग्राम नुनको मूल्य ३२ रुपैयाँ असुलिरहेको छ । नुनको कारोबार गर्ने अधिकार सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेसनलाई मात्र रहेकोमा सो व्यवस्थाको धज्जी उडाउँदै दुगडको उद्योगले सरकारी कम्पनीले प्रतिकिलो २० रुपैयाँमा बेचिरहेको नुन ३२ रुपैयाँका दरले बेचेको भन्दै राष्ट्रिय उपभोक्ता मञ्चले ठगी धन्धा चलाउने उद्योग र राज्यमन्त्रीसमेत सञ्चालकलाई हदैसम्मको सजाय गर्न माग गर्दै प्रधानमन्त्री कार्यालयमा पत्राचार गरेको छ ।

upabhokta2

मञ्चका अनुसार उद्योगले खाद्य तथा गुणस्तर विभागको अनुज्ञापत्रसमेत लिएको छैन । मञ्चले उद्योग राज्यमन्त्रीले सञ्चालन गरेको उद्योगबाट कालोबजारी तथा नाफाखोरीजन्य काम गरी कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ को दफा २ र ३ बिपरित काम गरी उपभोक्तालाई चरम शोषण गर्ने काम भएको भन्दै आपत्ति जनाएको छ ।

upabhokta3

मञ्चका अध्यक्ष प्रेमलाल महर्जनका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा प िनगत भदौ १२ गते मञ्चले यसै विषयमा उजुरी गरिसकेको छ ।