इटहरीः सुनसरीको इटहरीस्थित इलाका प्रहरी कार्यालयले पर्वतको कुस्मा नगरपालिका–११ घर भई हाल इटहरी उपमहानगरपालिका–४ बस्ने सुमन कार्कीलाई ठगी अभियोगमा हिजो सोमबार सुनसरी जिल्ला अदालतमा पेस गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा गत असोज १६ गते पक्राउ परेका अभियुक्त कार्कीमाथि भोजपुरुको अरुण गाउँपालिका–५ घर भई हाल इटहरी–६,संगीत चौक बस्ने पूर्णबहादुर राईबाट विदेश पठाइदिने बहानामा दुई लाख रुपैयाँ ठगी गरेको आरोप छ । पीडित राईले अभियुक्त कार्कीविरुद्ध गत वर्षको फागुन १९ गते ठगी अभियोगमा जाहेरी दर्ता गराएकोमा घटनालगत्तै फरार रहेका कार्कीलाई प्रहरीले पक्राउ गरी अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरेको हो ।