इटहरीः सुनसरीको इटहरीस्थित इलाका प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय मोरङको सहयोगमा जबर्जस्ति करणी तथा ज्यान मार्ने उद्योग मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको ग्रामथान गाउँपालिका–९, लखनतरी घर भएका ३० वर्षीय विकास कुमार खाँ रहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक रमेशकुमार बस्नेतले बताए । उनका अनुसार गत वर्षको फागुन २२ गते इटहरी–२ मा रहेको तालतलैया पार्कमा २२ वर्षीय युवतिलाई विवाह गर्ने प्रलोभनमा जबर्जस्ति करणी गरी युवतिलाई ज्यान मार्ने नियतले विषादी खुवाई फरार रहेका अभियुक्त गत असोज १७ गते आफ्नै गाउँबाट पकाउ परेका हुन् । जिल्ला अदालत सुनसरीबाट म्याद थप गराई अभियुक्तमाथि अनुसन्धान सुरु गरेको निरीक्षक बस्नेतको भनाइ छ ।