ओखलढुंगाः ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ३ का वडा अध्यक्ष मेडल राईमाथि यौन दुव्र्यवहारको आरोप लागेको छ । वडा अध्यक्षविरुद्ध उजुरी आएपछि उनी पक्राउ परेका हुन् । एक महिलामाथि यौन दुव्र्यवहार गरेको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएस्पी रुपेश खड्काले बताए ।
अध्यक्ष राईले चार दिन पहिले मादक पदार्थ सेवन गरेर घरैमा गई यौन दुव्र्यवहार गरेको पीडित महिलाको आरोप छ । घटना चार दिन पहिलेको भएपनि स्थानीयस्तरमा मिलापत्र गर्न छलफल गराइ माफी मगाउने काम समेत भएको स्थानीयले बताए ।
स्थानीयका अनुसार वडा अध्यक्षको घर ढलानको दिन खानपान निकै अबेरसम्म भएको र मादक पदार्थले लठ्ठ भएका अध्यक्ष बेसुरमा आफ्नो घरजाँदा महिलाको घर पुगेका थिए ।
पीडित पक्षले भने राती महिला सुतेकै ठाउँमा गएर करणी प्रयास गरेको आरोप लगाएको छ । घटना अनुसन्धानमै रहेकाले थप बताउन नमिल्ने प्रहरीको भनाइ छ ।