इटहरी: जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलिले लागुऔषध सहित २ जनालाइ पक्राउ गरेको छ ।
प्रहरी कार्यालयका अनुसार इनरुवा नगरपालिका ७ स्थित वर्छवा चौक चाँदबेलामा लागुऔषध ल्याउने गरेको अवश्थामा प्रहरीले फेला पारेको थियो ।

हरिनगर गाउँपालिका ७ कविलासा घुस्की बस्ने वर्ष १९ का उपेन्द्र सरदारले ज ८ प ५९३६ नम्बरको मोटरसाइकलमा सोही स्थान बस्ने वर्ष १६ का हरिशंकर सरदारले ल्याउँदै गरेको लागुऔषध पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट डाइलेक्स डिसी १ सय एमएल ८९ बोतल, स्पास्मोप्रोक्सिनभोन ७ सय ६८ क्याप्सुल, निट्राभेट टेन ४ सय २० ट्याब्लेट, दुई थान मोबाइल बरामद गरिएको छ ।

उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कानुनी कारवाही अघि बढाइने प्रहरीले जनाएको छ ।