इटहरीः मोरङको बुढीगंगा गाउँपालिकास्थित आरती स्ट्रिप्स उद्योगमा आज बुधबार बिहान एक मजदुरको क्रेनबाट लडेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा विराटनगर महानगरपालिका–८ घर भएका ४० वर्षीय अशोक चौधरी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीका अनुसार उद्योगमा विद्युतीय उपकरण मर्मतको काम गर्ने चौधरीलाई आज बिहान ११ः४५ बजे करेन्ट लागेपछि उनी दोस्रो तलामा रहेको क्रेनबाट लडेका थिए ।

गम्भीर अवस्थामा नोबेल अस्पताल लगिएका उनको उपचारका क्रममा दिउँसो करिब तीन बजे ज्यान गएको हो । मृतकको शव पोष्टमार्टमका लागि कोसी अस्पताल पठाई घटनाको अनुसन्धानमा जुटेको प्रहरीको भनाइ छ ।