इटहरी: इटहरी ९ स्थित भोजपुर टोल बस्ने भोजपुरे ज्वेलर्सका संचालक वर्ष ३५ का माधव रिसाललाई प्रहरीले पक्राउ गरेको छ । उनले खाली चेक दिई नगद पैसा लिदै हिड्ने इटहरी ९ का एक जनालाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो । असोज २१ गते इनरुवा ३ सखुवागाछि एरियामा लुकिछिपी बस्दै आएको अवश्थामा उनलाई पक्राउ गरेको हो ।

इटहरीका स्थानीयलाई विभिन्न बहाना देखाउँदै नगद लिई खाली चेक दिदै ठगि गर्दै हिडेको आरोपमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । रिसाललाई मुलुकी अपराध (संहिता) ऐन २०७४ बमोजिक ठगि गरेको अभियोगमा मुद्धा चलाइएको जनाएको छ ।