इटहरी : लागुऔषध बिक्रि वितरण भैरहेको गोप्य सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त प्रहरी टोलिले इटहरी ४ स्थित स्याभाले होटलबाट लागुऔषध ब्राउन सुगरको कारोबार गर्दै गरेको अवस्थामा इटहरीका एक जनालाई पक्राउ गरेको छ ।
इटहरी ५ जनतावस्तीका वर्ष २३ का प्रविण राईलाई प्लाष्टिकमा पोका गरि राखेको अवश्थामा १५ ग्राम ४० मिलीग्राम र घरमा लुकाई राखेको २३ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ । उनको साथबाट १ लाख ५० हजार रुपैया र १ थान मोबाइल पनि बरामद गरेको जनाएको छ ।
उनलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिक प्रक्रिया अघि बढाईएको जनाएको छ । प्लाष्टिकको टुक्रा बनाई छुट्टा छुट्टै पोका पारेर राखेको १६ वटा र घरको तलासी गर्दा २७ पोका ब्राउन सुगर पक्राउ गरेको प्रहरीले जनाएको छ ।