संखुवासभाः संखुवासभाको खाँदबारी नगरपालिका–६ हिगुवामा एक महिलाको हत्या भएको छ । खाँदबारी–६ हिगुवामा ६८ बर्षिया गोमादेवी चौलागाई विभत्स ढंगले हत्या भएको जिल्ला प्रहरी कार्यालयका संखुवासभाका प्रहरी निरिक्षक सन्तोश बुढाथोकीले जानकारी दिए ।

चौलागाईको बिहिबार राती ९ बजे हत्या भएको हो । प्रहरीले हत्यामा संम्लन भएको आरोपमा सोही स्थानका २० बर्षिय रेशम दियाली पक्राउ गरेको प्रबक्ता बुढाथोकीले बताए । गोमादेवी केही बर्ष देखि स्थानिय अर्जुन भण्डारीको घरमा बस्दै आएकी थिइन । घरमा कोही नभएको समयमा चौलागाईको हत्या भएको हुन सक्ने प्रहरीको भनाइ छ । चौलागाईको स्थानिय अर्जुनको घर नजिकै हत्या भएको अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

विहिबार दिउँसो गोमादेवी र रेशमको सामान्य विवाद भएको र साझमा पनि विवाद भएपछि रेशमले लाठी र ढुङ्गा प्रहार बाट उहाँ घटना स्थलमै मृत्यु भएको प्रहरी निरिक्षक बुढाथोकीले बताए । पक्राउ परेका रशेमलाई नियन्त्रणमा लिएर थप अनुुन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मृतक शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।