इटहरीः मोरङको बेलबारी नगरपालिका–४ स्थित गर्जुराम टोलमा जुवा खेलिरहेको अवस्थामा हिजो शुक्रबार साँझ प्रहरीद्वारा ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा धनुषाको चारनाथ गणेशमान –८ पोर्ताहाका ५० वर्षीय पर्शुराम भुजेल, झापाको दमक–५ का ३२ वर्षीय धर्मेन्द्र राई, सुनसरीको इटहरी–१ का ४७ वर्षीय प्रदीप तामाङ, मोरङको बेलबारी–३ का ४० वर्षीय रीत गुरुङ, बेलबारी–११ का ५६ वर्षीय सुजय गौतम र ५२ वर्षीय चन्द्र लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले बताए ।

उनका अनुसार अभियुक्तहरुका साथबाट एक सेट कौडा, तीन बुक तास, दुई लाख ५३ हजार दुई सय ३५ रुपैयाँ नगद, को २ च २८१९ नम्बरको स्कोरपिओ गाडी, अनटेस्ट मोटरसाइकल र को २३ प १३८७ नम्बरको स्कुटर बरामद गरिएको छ । अभियुक्तहरुमाथि जुवा ऐनअन्तर्गत मुद्दा चलाइने उपरीक्षक खड्काको भनाइ छ । केही अभियुक्तहरुले आफू सामाजिक अगुवा तथा राजनीतिकर्मी भएको समेत दाबी गर्ने गरेको प्रहरीले जनाएको छ ।