इटहरीः मोरङको कानेपोखरी गाउँपालिका–४ त्रिवेणी चौकस्थित करिया खोलामा माछा मार्ने क्रममा गएराति एक जनाको करेन्ट लागेर ज्यान गएको छ ।

मृत्यु हुनेमा ३० वर्षीय रेशम माझी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोष खड्काले बताए । उनका अनुसार शनिबार राति १० बजे ३४ वर्षीय सुदीप धिमाल् र २९ वषर््ीय विनोद माझीसँग माछा मार्न गएका माझीलाई ११ बजे करेन्ट लागेर बेहोस भएपछि उपचारका लागि सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा आज बिहान १ः३० बजे उनको मृत्यु भएको हो ।

प्रहरीले माछा मार्न गएका मृतकका दुवै साथीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको एसपी खड्काको भनाइ छ । करेन्ट लागेर माझीको ज्यान गएकोमा पानीमा डुबेर मृत्यु भएको भन्ने गलत जानकारी गराइएको भएपनि अनुसन्धानबाट सत्य सार्वजनिक भएको प्रहरीको भनाइ छ ।