इटहरीः इटहरी उपमहानगरपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको छ । आइतबार उप–प्रमुख लक्ष्मी गौतम सहितको टोलीले गरेको बजार अनुगमनमा सडक पेटिमा राखिए सामान हटाएका छन् । अनुगमन गर्ने क्रममा व्यापारीलाई भोलिबाट सामान सडक पेटिमा राखे सरकारको हुने चेतावनी दिइन् । ‘भोलि देखि सडक पेटिमा सामान राख्नु भयो भने सरकारको हुन्छ । आज हामीले चेतवनी मात्र दिएका हाँै । भोलि पनि यस्तै भेटियो भने हामी सामान उठाउँछौँ’, उनले भनिन् ।

नगर प्रहरी र इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी सहितको टोलिले इटहरी ९ को हटिया लाइनमा बजार अनुगमन गरेको हो । अनुगमनका क्रममा अधिकांस पसल संचालकले सडक अधिक्रमण नै गरेर सामान राखेको पाईएको छ । अनुगमनको क्रममा केहि सामान पनि उपमहानगरले उठाएको छ । साथै उप–प्रमुखले केहि पसलको चावि पनि जफत गरेकि छिन् ।

यता पसलेले भने सबैलाई नियम लागू गर्न अनुरोध गरेका छन् । केहि पसलेको मात्रै सामान उठाएपछि व्यापारी आक्रोसित बनेका थिए । व्यापारीले आफ्ना मात्रै सामान लागेको भन्दै सबैको सामान लग्न कि आफ्नो सामान पनि दिन माग गरेका थिए ।