इटहरीः मोरङको विराटनगरस्थित रानी भन्सार नाकाबाट सशस्त्र प्रहरी बलले आज आइतबार सशस्त्र प्रहरी बलद्वारा भारतबाट चोरी पैठारी गर्दै गरेको अवस्थामा कपडा बरामद गरिएको छ ।
नाकामा तैनाथ बोर्डर आउट पोस्टबाट खटिएको सशस्त्र प्रहरी बलको टोलीले विराटनगर १८ स्थित जतुवाबाट एक लाख एक हजार पाँच सय रुपैयाँ बराबरका कपडा बरामद गरेको हो ।
टोलीलाई देख्नासाथ तस्करीमा संलग्न अभियुक्तहरु भने फरार भएको बताउँदै बोर्डर आउट पोस्ट रानीले बरामद भएका ९४ हजार पाँच सय रुपैयाँ बराबरका दुई सय ७० थान टप्स सेट र सात हजार रुपैयाँ मूल्यका १४ थान कुर्ता सलवार आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयको जिम्मा लगाइएको जानकारी दिएको छ ।