इटहरीः बढ्दो सवारी दुर्घटना न्यूनीकरण तथा समस्यामा परेका यात्रीको सहायताका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको सक्रियतामा जिल्लाका विभिन्न ठाउँमा हेल्प डेस्क स्थापना गरेको छ ।

सवारी साधनमा यात्रुको संख्या, सवारीको गति, भाडादरमा हुन सक्ने ठगी, सवारी चालक तथा सहचालकको गतिविधि, मापसे जाँचजस्ता कुराको नियमन तथा यात्रीहरुमाथि हुन सक्ने हिंसा तथा दुव्र्यवहार नियन्त्रणका लागि हेल्प डेस्क राखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले बताए ।

यसैगरी उनले कोभिड महामारी नियन्त्रणका लागि सरकारले तय गरेका स्वास्थ्य मापदण्ड सवारी साधनले पालना नगरेको पाइए तत्काल प्रहरीलाई खबर गर्न सर्वसाधारणलाई आग्रह गरे । साथै उनले नेपाल प्रहरीले विभिन्न सम्पर्क नम्बरहरु तथा नेपाल पुलिस मोबाइल एपमार्फत् प्राप्त हुने उजुरीका आधारमा दोषीमाथि कारबाही गरिने प्रष्ट पारे ।

हेल्प डेस्क रहेका स्थान तथा सम्पर्क नम्बरहरू
१० जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. ११ बसपार्क सम्पर्क नं. ९८४२१०४९११
२० जिल्ला मोरङ सुन्दरहरैचा नगरपालिका वडा नं. १० विराटचोक सम्पर्क नं. ९८४२०७७०९४
३० जिल्ला मोरङ पथरीशनिश्चरे नगरपालिका वडा नं. १ पूर्व बस स्टेन सम्पर्क नं. ९८२४९५९०१४
४० जिल्ला मोरङ बेलबारी नगरपालिका वडा नं. ३ पूर्व बस स्टेन सम्पर्क नं. ९८४३६९६०५१