हिजो मृत फेला परेका युवकको हत्यामा संलग्न एक जना पक्राउ

  • आश्विन २९, २०७७
  • २६१ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

इटहरीः झापाको कन्काई नगरपालिका ३ हिजो मृत अवस्थामा फेला परेका २२ वर्षीय अभिषेक चौधरीको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कन्काई नगरपालिका ७ का २२ वर्षीय टल्के भनिने रबिन राजवंशी रहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । अभियुक्तलाई हत्या भएको आठ घन्टामै हिजो बेलुका पक्राउ गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार पक्राउ परेका अभियुक्त राजवंशीले लागूऔषध सेवनका क्रममा विवाद हुँदा आफूले चौधरीलाई पछाडिबाट बन्चरो प्रहार गरी हत्या गरेको स्वीकार गरेका छन् ।

घटनामा प्रयोग भएको बन्चरो र घटनास्थलमा बरामद भएको अभियुक्त राजवंशीको कपडासमेत प्रहरीले फेला पारेको छ । कन्काई नगरपालिका ३ स्थित सुरुङ्गा खोलाको डिलमा शव फेला परेको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय झापाको टोली सुनसरीको धरानबाट मगाइएको तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धानमा जुटेको थियो ।

प्रतिक्रिया दिनुहोस

यसरी भएको छ ,दशैँःआशीर्वादको रूपान्तरण

एउटा भनाइ नै छ,'जस्तोसुकै मनमुटाव भए पनि दशैँमा टीका लगाउन जानू, सबै मनमुटाव निर्मूल हुन्छ।' दशैँ स ...

श्वास फेर्न कठिन भई वीपी प्रतिष्ठान भर्ना भएका धरानका ५३ बर्षीय पुरुषको मृत्यु

धरानः श्वास फेर्न कठिन भएपछि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना भएका ५३ बर्ष ...

चाडपर्व लक्षित सुरक्षाका लागि १२ सय प्रहरी परिचालन

धरानः चाडपर्व लक्षित सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीले विशेष सुरक्षा निती तयार गरि जनशक ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल (इलाम)
  •  राजन ठटाल (खोटागं)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved