जवरजस्ती करणीे मुद्धाको अभियुक्त शिक्षकलाई विद्यालयमा हाजिरी

  • कार्तिक २, २०७७
  • ४७१ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

इटहरीःआफ्नै सहकर्मी महिला शिक्षकलाई जवरजस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत मोरङ्गबाट धरौटीमा रिहा भएका केराबारी गाँउपालिका वडा नं. ८, स्थित आमजँुगी आधारभूत विद्यालयमा राहत दरवन्दिमा कार्यरत शिक्षक गोकुल दाहाललाई विद्यालय व्यवस्थापन समितिले विद्यालयमा नियमित हाजिरि गराई रहेको रहस्य खुलेको छ ।
जवरजस्ती करणीका आरोपी शिक्षक गोकुल दाहालले पीडित महिला शिक्षकलाई डर, धम्कि दिई जवरजस्ती करणी गर्दै आई रहेकोमा महिला शिक्षकले ०७७ श्रावण १७ गते इलाका प्रहरी कार्यालय बेलबारीमा जाहेरी दर्ता गरे पश्चात प्रहरीले पक्राउ गरि ०७७ भाद्र ७ गते सम्म जवरजस्ती करणीको अभियोगमा थुनामा रहेका पीडक शिक्षकलाई धरौटीमा जिल्ला अदालत मोरङ्गले थुनामुक्त गरे पछि पीडक शिक्षक गोकुल दाहालले विद्यालयमा घरायसी कामको कारण हाजिर हुन नसकेको झुटो मौखिक जानकारी गराई विद्यालय व्यवस्थापन समितिको वैठकमा निर्णय गरेर नै निज दाहाललाई विद्यालयमा नियमित हाजिरि गराइ रहेको पाईएको छ ।
पीडक शिक्षक गोकुल दाहाललाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेपछि विद्यालयका प्रधानाध्यापक रेवती प्रसाद मिश्रले प्रहरी समक्ष पीडक शिक्षकको वारेमा लिखित वयान दिएका थिए । नेपाल सरकार पक्ष भएको जवरजस्ती करणी मुद्धाका पीडकलाई अदालतले धरौटीमा रिहा गरेको भएपनि जवरजस्ती करणी मुद्धामा अदालतबाट सफाई नै नपाईकन विद्यालयले हाजिरि गर्न दिनु आश्चर्यपूर्ण रहेको केराबारी गाँउपालिका न्यायिक समितिको कानूनी सल्लाहाकार फणिन्द्र सुवेदीले बताएका छन् ।
जवरजस्ती करणीको अभियोगमा धरौटीमा रिहा भएका पीडक शिक्षकलाई विद्यालयमा हाजिरि हुन दिने आमजँुगी आधारभूत विद्यालयले भने, पीडित महिला शिक्षकलाई हाल सम्म काम गरेको तलब समेत नदिएको र कोभिड १९ का कारण बन्द रहेको विद्यालय प्रशासन खुलेपछि अन्य सबै शिक्षकलाई विद्यालयमा हाजीरि हुन प्रधानाध्यापकले जानकारी दिएको भएता पनि पीडित महिला शिक्षकलाई भने हाजिरि हुनका लागि हाल सम्म कुनै जानकारी नै नदिएको पाईएको छ ।

प्रतिक्रिया दिनुहोस

नर बहादुर कर्मचार्य बहुप्राबिधिक शिक्षालय इटहरीको शिक्षामन्त्रीद्धारा उद्घाटन

इटहरीः नर बहादुर कर्मचार्य स्मृति प्रतिष्ठान सुनसरीद्वारा संचालित  नर बहादुर कर्मचार्य बहुप्राब ...

दाइजो प्रथा र मधेश र पहाडको प्रेमभावमा बनेको ‘सरला’ (भिडियो)

इटहरीः आफ्ना हरेक भिडियोमा कथाको अलवा जिवन र भूगोललाई सुन्दररुपमा प्रस्तुत गरेर भिडियोलाई फिल्मी स्व ...

अपाङ्गता भएका व्यक्तिहरुलाई आत्मनिर्भर बनाउँने अभियानमा छौँःउपप्रमुख पराजुली

बेलबारीः बेलबारीमा २९ औँ अपाङ्गता दिवस मनाइएको छ। बेलबारी नगरपालिकाको आर्थिक सहयोगमा बेलबारी अपांगता ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल (इलाम)
  •  राजन ठटाल (खोटागं)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved