इटहरीः पसलले हुँदै नभएको सामानको विल बनाएको र बजार मुल्य भन्दा धेरैमा सामान बेचेपछि ग्राहक आक्रोसित बनेका छन् । इटहरी उपमहानगरपालिका वडा नम्बर ९ को हटिया लाइनमा रहेको संजय ग्याँस सप्लार्यसबाट १८ प्रकारका सामान किनेका सुन्दरहरैचाका एक व्यक्तिले १९ प्रकारको सामानको मुल्य तिरेपछि पसलमा विवाद चलेको हो ।


पसलले हुँदै नभएको सामानको मुल्य हाल्नुको साथै बजार मुल्य भन्दा एक हजारदेखि १५ सयसम्म बढाएर सामानको मुल्य लिएको थियो । केहिदिन अघि सामान २६ हजार ५ सयको सामान किनेर लग्नुभएका सुन्दरहरैँचाका एक व्यक्तिले कम गुणस्तरको सामान बढिमा बेचेको भनेर पसलमा सामान फिर्ता गर्न आउनुभएको थियो । पसलमा सामान फिर्ता ल्याएपछि ग्राहक र पसले विच भनाभनको अबस्था सिर्जना भयो ।

पछि पसलले प्रयोग नभएको सामान फिर्ता लिएर पैसा दिएपछि विवाद टुङ्गीएको छ । पसल सञ्चालक संजय चौधरीले प्रयोग नभएको सामान बापतको १७ हजार ४ सय फिर्ता गरेपछि विवाद साम्य भएको हो ।