इटहरीः मोरङको बुढीगंगा गाँउपालिका १ गोकुवा बस्ने ४६ वर्षीय शङ्कर ऋषिदेवलाई हरिणको सिङसहित प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा गएराति १०ः०० बजे इलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरी टोलीले उनको घरबाट हरिणको २ थान सिङ बरामद गरेको हो ।
अवैध हरिणको सिङ बरामद भएपश्चात् ऋषिदेवलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।