इटहरीः मोरङको विराटनगर महानगरपालिका ५ स्थित विशाल चौकबाट लागुऔषध गाँजासहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्थानकी ४५ वर्षीया दुर्गाकुमारी साह रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) दीपक श्रेष्ठका अनुसार वडा प्रहरी कार्यालय विराटनगरका डिएसपी दीपेन्द्र पञ्जियार थारु नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो । उनले सञ्चालन गरेको पसलबाट एक किलो पाँच सय ग्राम गाँजा बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी श्रेष्ठले जानकारी दिए । गाँजा बरामद भएपछि पसल सञ्चालक महिलालाई पनि पक्राउ गरिएको श्रेष्ठको भनाइ छ ।