काठमाडौंः नेपाल प्रहरीले काठमाडौंका विभिन्न स्थानमा जुवातास तथा कौडा खेल्ने ६२ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले काठमाडौंका विभिन्न स्थानमा जुवातास खेलेको अभियोगमा नौ लाख १२ हजार ८० रुपैयाँ नगदसहित ६२ जनालाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका मध्ये नौजनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ ।

प्रहरीले जुवा खेल्नेबाट ६ लाख २७ हजार २७० रुपैयाँ नगद र १३ बुक तास तथा कौडा खेल्नेसँग दुई लाख ८४ हजार ७०० रुपैयाँ नगद र १६ थान कौडा बरामद गरेको हो ।

प्रहरीले तिहारको समयमा ठूलो हारजित हुने गरी जुवातास खेलेको थाहा पाएमा प्रहरीलाई खबर गर्न समेत आग्रह गरेको छ । रासस