विराटनगरः नेकपा एमालेका भातृ सङ्गठन युवा संघ नेपाल विराटनगरका अध्यक्ष किरण लामालाई तत्काल नियन्त्रणमा लिई कानूनी कार्वाहीका लागि आवश्यक प्रकृया अगाडि बढाउन   जिल्ला अदालत मोरङले पक्राउ पुर्जी जारी गरेको छ । 

लामा भने जिल्ला प्रहरी कार्यालय मोरङमा  किटानी जाहेरी पर्न साथ फरार भएका छन् । विभिन्न माध्यम अपनाएर विराटनगरमा गुण्डागर्दी आएका विरुद्ध अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा जिल्ला प्रहरी कार्यालय मुद्दा दर्ता भएको थियो । 

 लामाले विराटनगर – ८ का औषधी व्यवसयाी ३४ वर्षीय नवल यादव र २४ वर्षीय अभिषेक साहलाई गत शुक्रबार अपहरण गरेर आफ्नै घरमा बन्धक बनाएको आरोप किटानी जाहेरीमा छ ।

प्रहरीले मोरङ जिल्ला अदालतबाट लामा विरुद्ध अपहरण तथा शरिर बन्दक मुद्दामा पक्राउ पुर्जीको अनुमति आइतबार लिइएको हो । मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जाहेरीका आधारमा मुद्दा दर्ता भएको जानकारी दिए । उनी विरुद्ध शुक्रबार उजुरी परेको थियो ।

लामाले दुवैजनालाई शुक्रबार घरमा बोलाएर हातपात गर्दै बन्धक बनाएका थिए । उनका यस्ता घटना बारम्बार दोहोरिने गरेको छ । लामासँगै उनका सहयोगी ३२ वर्षीय अनुज मगर पनि घटनामा संलग्न रहेको भन्दै विपक्षी प्रतिवादी बनाइएको छ ।

मिटर ब्याजी लामाले दिएको भन्दा धेरै रकम फिर्ता माग्दै दुवैजनालाई धम्की दिदैं आएका थिए । त्यहि पैसाको विषयमा शुक्रवार दुवैजनालाई आफ्नो घरमा लगेर बन्धक बनाएको आरोप छ । दुवैजनालाई कुटपिट समेत गरेका थिए । त्यस क्रममा बन्धक बनाइका अभिषेक भागेर प्रहरी भएको ठाउँमा पुगेका थिए । उनले प्रहरीलाई खबर गरेपछि घर खानतलास गरेर नवलको उद्धार गरिएको थियो ।

विराटनगरको हस्पिटल चौकमा औषधी पसल सञ्चालन गर्दै आएका नवलले लामाबाट गत असार २९ गते पाँच लाख रुपैयाँ सापटी लिएका थिए । लामाले तीन महिना नपुग्दै १८ लाख फिर्ता असुलेर पनि बाँकी अझै मागिरहेका थिए । लामा विराटनगरमा गुण्डागर्दी गर्दै आएका व्यक्ति हुन् । उनी जस्तोसुकै अवस्थामा पनि प्रहरीबाट जोगिन खोज्नेमा पर्दछन् । यस अगाडी उनले जानीजानी सवारी दुर्घटना गराएर एक व्यक्तिको ज्यान लिइएका थिए । त्यस बाहेक महेन्द्रचौकमा सञ्चालन गरेको होटलमा आफ्नै पार्टनरलाई बाँधेर रातभर कुटपिट समेत गरेका थिए ।

मिटर ब्याजमा पैसा लगानी गरेर जर्बरजस्ती असुली गर्ने उनको धन्दा निकै लामो समयदेखि विराटनगरमा चल्दै आएको थियो ।  उनलाई एमालेका स्थानीय, प्रदेश र केन्द्रिय तहका नेताहरुले ठूलै साथ दिदै आएका थिए । उनले मिटर व्याजमा लगानी गर्ने पैंसा पनि ती नेताहरु समेतको हुने गरेको स्रोतको दावी छ ।