इटहरीः नेकपा एमालेबाट विद्रोह गरी बनेको नेकपा एकीकृत समाजवादीले अछामबाट प्रतिनिधी सभा सदस्य निर्वाचनमा खाता खोलेको छ । 

एकीकृत समाजवादीले अछामबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शेर बहादुर कुँवरले नेकपा एमालेका झपट बहादुर बोहरालाई हराउँदै जित निकालेका हुन । 

 अछाम क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका शेरबहादुर कुँवर १९ हजार ५३४ मतका साथ निवार्चित भएका हुन् । उनका प्रतिद्धन्दी नेकपा एमालेका झपटबहादुर बोहोराले १५ हजार ४५ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार राजन कुँवरले ४ हजार २९२ मत पाएका छन् ।