इटहरीः २०७७/०७८ को सबैभन्दा बढि कर तिर्ने संस्थाको रुपमा इटहरीमा केन्द्रिय कार्यलय रहेको सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडलाई आन्तरिक राजश्व कार्यलय इटहरीले सम्मान गरेको छ । 

एघारौँ राष्ट्रिय कर दिवस २०७९ को समापन समारोहका अवसरमा आन्तरिक राजश्य कार्यलयले बुधबार एक कार्यक्रमको आयोजना गर्दै सपोर्ट लघुवित्तलाई सम्मान गरेको हो । 

कार्यक्रमका अतिथी उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेलले सपोर्टका संचालक अध्यक्ष प्रदिप अधिकारीलाई सम्मान पत्र प्रदान गरेका थिए । 

316329879_857928625230023_7968590061663273701_n


सपोर्ट लघुवित्त वित्तिय संस्थाले आर्थिक बर्ष २०७७ / ०७८ मा सेवा मुलक संस्थामध्ये सबै भन्दा बढि राजश्व तिरेको भन्दै सम्मान गरिएको सपोर्ट लघुवित्तका प्रमुख कार्यकारी अधिकृत कुलमणि तिमल्सिनाले बताए । 

सपोर्ट लघुवित्त आर्थिक बर्ष २०७६/०७७ मा पनि इटहरीको सेवाक्षेत्र अन्तर्गत धेरै कर तिरेको भन्दै आन्तरिक राजश्व कार्यलयबाट सम्मानित भएको थियो ।