राजविराजः  सप्तरी क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भारी मतान्तरले पराजित भएका छन् । 

उनलाई मधेसमा उदय भएको नयाँ जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत)ले १८ हजार ६३ मतान्तरले पराजित गरेका हुन् । 

राउतले ३५ हजा ४२ मत ल्याउँदा यादवले १६ हजार ९६९ मत  मात्र ल्याए ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का जयप्रकाश ठाकुरले ७ हजार ३४७ मत ल्याए । अन्य उम्मेदवारले हजार मत पनि कटाउन नसकेको निर्वाचन आयोगले जनाएको छ ।