धरानः आन्तरिक राजस्व कार्यालय धरानले ११ औँ राष्ट्रिय कर दिवसको अवसरमा उत्कृष्ट करदातालाई सम्मान गरेको छ ।

बुधबार सम्पन्न कार्यक्रममा कार्यालयसेवा क्षेत्रका ९ उत्कृष्ट करदातालाई सम्मान गरेको हो ।  सम्मानित हुनेहरूमा उत्सव एण्ड सौरवी स्टोर्स खाँदवारी, गुराँस लघुवित्त वित्तिय संस्था लिमिटेड धनकुटा, श्रेष्ठ किराना पसल तेह्रथुम र यु.डि. विल्डर्स भोजपुुर रहेका छन् । 

यस्तै, धरानका सुर्य एण्ड सन्स प्रा.लि., अपुश्री इन्टरप्राइजेज प्रा.लि., अर्विन एण्ड ब्रदर्श अटो, विजयपुर हस्पिटल प्रा.लि र प्रिती भल्भ एण्ड फिटिङ इण्डष्ट्रिज प्रा.लि रहेका छन् । 

 आन्तरिक राजस्व कार्यालय धरानले सेवा क्षेत्रमा कार्यरत उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ । सम्मानीत हुनेमा राजपत्राङ्कित तर्फ आन्तरिक राजस्व कार्यालय धरानका कम्प्युटर अधिकृत हिराध्वज कार्की, राजपत्र अनङ्िकत पुरुषतर्फ कम्प्युटर अपरेटर विज्ञान श्रेष्ठ, महिलातर्फ टाइपिष्ट नायव सुब्बा इन्द्र कुमारी राई, करारतर्फ  डाटा इन्ट्रि सुपरभाइजर पुजन गौतम, करदाता सेवा कार्यालय धनकुटाका कार्यालय सहयोगी मोहन कुमार राई सम्मानीत भएका छन् । 

 उनीहरुलाई धरान उपमहानगर प्रमुख हर्कराज राई र आन्तरिक राजस्व कार्यालय धरानका प्रमुख कर अधिकृत गोविन्दराज आचार्यले संयुक्त रुपमा सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका छन् ।