धरानः  खोटाङबाट प्रतिनिधिसभा सदस्यमा माओवादीका रामकुमार राई (पासाङ) निर्वाचित भएका छन् ।

प्रतिनिधिसभा सदस्यमा राईले ३१ हजार ३ सय ५१ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनले एमालेका पोलिटव्यूरो सदस्य विशाल भट्टराईलाई २ हजार ६ सय ९९ मत पराजित गर्दै निर्वाचित भएका हुन् । 

भट्टराईले २८ हजार ६ सय ८२ मत प्राप्त गरेका छन् । खोटाङको प्रदेश (क)मा एमालेका पाँचकर्ण राई र (ख) मा कांग्रेसका भुपेन्द्र राई निर्वाचित भएका छन् ।