धरानः सुनसरी क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ (सरिन)ले ६ सय ९५ मतले अग्रता लिएकी छन् । 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार २७ हजार ९ सय ७८ मतगणना गर्दा तामाङले जसपाका अशोक राईलाई ६ सय ९५ ले पछि पारकी हुन् । रास्वपाकी गोमा तामाङ (सरिन)ले ५ हजार ४ सय ५४ मत प्राप्त गर्दै अग्रता कायम राखेकी छन् । 

जसपाका अशोक राईले ४ हजार ७ सय ५९ मत प्राप्त गरेका छन् । माआवादी केन्द्रका मुक्साम्हाङ मेन्याङ्बो (मुकेश)ले ४ हजार ६ सय ४ मत प्राप्त गरेका छन् । 

स्वतन्त्र उम्मेदवार मनोज कुमार मेयाङ्बोले ३ हजार ८ सय ९३ मत पाएका छन् । राप्रपाका अशोक अबिरल राईले  ३ हजार ९६ मत प्राप्त गरेका छन् ।