धरानः सुनसरी क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टकी गोमा तामाङ (सरिन) ले अग्रता कायमै राखेकी छन ।

निर्वाचन अधिकृतको कार्यलयको पछिल्लो मतपरिणाम अनुसार ४९ हजार १ सय १३ मतगणना गर्दा तामाङले १० हजार १ सय ५६ मत प्राप्त गर्दै अग्रता कायमै राखेकी हुन् । 

जसपाका अशोक राईले ८ हजार ७ सय ३ मत प्राप्त गरेका छन भने माओवादी केन्द्रका मुक्सामहाङ मेन्याङ्बोले ७ हजार ७ सय १२ मत पाएका छन । यस्तै , स्वतन्त्र उम्मेदवार मनोज कुमार मेन्याङ्बोले ६ हजार १ सय ८० मत पाएका छन् भने राप्रपाका अशोक अविरल राईले ५ हजार ३१ मत पाएका छन् ।