धरानः  सुनसरीको निर्वाचन क्षेत्र नम्बर १ को  प्रदेशसभा ‘ख’ मा एमालेका विजय राईले अग्रता कायमै राखेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयको पछिल्लो मतपरिणाम अनुसार कुल  १२ हजार २ सय १४ मतगणना गर्ला राईले ३ हजार ४ सय ७६मत प्राप्त गरेका छन् । 

राप्रपका अनिश ढकालले २ हजार ८ सय २९ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार हेमचन्द्र राईले १ हजार ७ सय ५७ मत प्राप्त गरेका छन् । यस्तै नेकपा एकीकृत समाजवादका रेवतरमण राईले १ हजार ५ सय २१ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार रोहित सुब्बाले १ हजार ६१ मत ल्याएका छन् ।