प्रकाश बन्जारा

इटहरीः इटहरीमा रहेको पूर्वाञ्चल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक बर्षमा ५६ करोड रुपैँया भन्दा बढीको कारोबार गरेको छ । 

संस्थाको २५ औँ बार्षिक साधारण सभामा शनिवार नाफा नोक्सान हिसाव प्रस्तुत गर्दै संचालक समितिका अध्यक्ष दिनेश कुमार भट्टराईले संस्थाले आर्थिक बर्ष २०७८/०७९ मा ५६ करोड १४ लाख ८३ हजार १६७ रुपैँयाको कारोबार गरेको जानकारी दिए । 

अघिल्लो आर्थिक बर्षमा भन्दा सो आर्थिक बर्षमा संस्थाको कुल कारोबारमा ०.७६ प्रतिशतले कमी आएको बताउँदै संचालक समिति अध्यक्ष भट्टराईले एक बर्षमा पूर्वाञ्चल बचत तथा ऋण सहकारी संस्थाले कुल आम्दानी ८ करोड २७ लाख २ हजार २२१ रुपियाँ गरेको छ । जसमा खर्च गरि खुँद नाफा १ करोड ३४ लाख ८७ हजार ९८९ रुपैँया कमाएको अध्यक्ष भट्टराईले बताए । 

अघिल्लो आर्थिक बर्षमा १ करोड २३ लाख रुपैँया नाफा कमाएको सहकारीले आर्थिक बर्ष २०७८/०७९ मा ९.२ प्रतिशतले नाफामा वृद्धि भएको बताइएको छ । 

चालु आर्थिक बर्षको असोज ६ गतेसम्ममा १ हजार ६६० जना सदस्य रहेको सहकारीको पुँजी १० करोड ५८ लाख ६८ हजार ८ सय रुपैँया रहेको र गत आर्थिक बर्षमा मात्रै ३९ करोड ६२ लाख ५९ हजार ४१३ रुपैँया निक्षेप संकलन गरी ५० करोड ८५ लाख ८२ हजार ९७१ रुपैँया ऋण लगानी गरेको साधारणसभामा सदस्यहरुलाई जानकारी गराइएको छ । 

318046253_813027709802791_1003382450746735085_n

साकोसले ८ करोड २७ लाख २ हजार २२१ रुपैँया कुल आम्दानी गरेको छ । अघिल्लो आर्थिक बर्षमा ७ करोड २९ लाख नाफा कमाएको सहकारीले यसपटक १३।३० प्रतिशत नाफामा वृद्धि भएको जनाएको छ । संस्थाले उक्त नाफा कर्जाको व्याज, सदस्यहरुबाट उठेको हर्जना तथा आफ्नो निक्षेपको बंँैकबाट आएको व्याज आम्दानीलाई जोडेको छ । 

पूर्वाञ्चल बचत तथा ऋण सहकारीले आर्थिक बर्ष भरीमा ५ करोड ७३ लाख ५५१ रुपैँया रकम सदस्यहरुलाई व्याज भुक्तानी गरेको छ भने एक बर्षमा ४७ लाख ५४ हजार ७७२ रुपैँया राजश्व तिरेको छ । 

२०५३ सालमा स्थापना भएको पूर्वाञ्चल बचत तथा ऋण सहकारी हाल आफ्नै भवनमा रही वित्तिय र सहकारीका सदस्यको जिवन स्तर वृद्धिको काम गरीरहेको र भोलीका दिनमा अझ परिस्कृत हुँदै जाने अध्यक्ष भट्टराईले बताए । 

316050248_454928259948275_6352974327684354074_n


संस्थाका शेयर सदस्यहरुको उल्लेख्य उपस्थितीमा भएको साधारण सभामा संस्थाका पुर्व अध्यक्ष एंव सल्लाहकार लेखनाथ घिमिरेको प्रमुख आतिथ्यता थियो । संस्थाका निवर्तमान अध्यक्ष डा वेणुप्रसाद सिटौलाको उपस्थिती रहेको थियो । संस्थाले उत्कृष्ठ बचतकर्ता पुरस्कारबाट इटहरी ५ का हेमन्त थपलिया, उत्कृष्ठ ऋणी पुरस्कारबाट कृष्णध्वज तामाङ्ग र सरिता चौधरीलाई प्रदान गरियो । त्यसैगरि उत्कृष्ठ बर्ष कर्मचारीबाट कार्यलय सहायक रामप्रसाद पौडेत तथा बर्ष उत्कृष्ठ बजार प्रतिनिधि पुरस्कारबाट प्रतिक आचार्यलाई नगद, दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरेको छ । 

संस्थाको जेष्ठ सेयर सदस्य सम्मान तर्फ नारायण प्रसाद खतिवडा र पदमकुमारी भुजेल परेका छन् भने उत्कृष्ठ बर्ष विद्यार्थी पुरस्कार तर्फ विश्व आदर्श माविमा अध्ययनरत विद्यार्थीद्धय दिवस चुवान र सुजाता घिमिरेले पुरस्कार पाएका छन् । 

संस्थाका संचालक समिति सचिव गणेश दुलालले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष टिकादेवी पौडेलले स्वागत मन्तव्य राखेकी थिइन भने साधारण सभा संचालन अध्यक्ष दिनेशकुमार भट्टराईको सभापतित्वमा सम्पन्न भएको थियो ।

312996887_1349319425879565_8890952830378959865_n