धरानः धरान औधोगिक क्षेत्रभित्रका उद्योगीहरूले औधोगिक व्यवस्थापन कार्यालयमा तालाबन्दी गरेका छन् । उद्योगीहरूले एकलौटी भाडा बृद्धि गरेको भन्दै तालाबन्दी गरेका हुन् । 

आइतबार उद्योगीहरूले देश्व्यापी रुपमा औधोगिक व्यवस्थापन कार्यालयमा तालाबन्दी गरेका हुन् । धरान औधोगिक उद्योग सङ्घका अध्यक्ष मानमोहन श्रेष्ठले औगोगिक व्यवस्थापन लिमिटेडले मनोमानी ढङ्गले भाडा बृद्धि गरेकाले तालाबन्दी गर्नु परेको जानकारी दिए । 

उनले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले मनोमानी ढङ्गले एकलौटी भाडा बृद्धि गरेकाले तालाबन्दी गरेको बताए । उनले भने, ‘४ वर्ष पहिलेदेखि बढेको भाडा तिर्नु परेको छ । उद्योगीहरू कहाँबाट, कसरी तिर्ने?’  नेपारभरकै औधोगिक क्षेत्रका उद्योगीहरूले तालबन्दी गरेका छन् । औधोगिक लिमिटेडले ७ सयदेखि ८ सय प्रतिशतसम्म भाडा बृद्धि गरेपछि आन्दोलनमा उत्रनु परेको उद्योगीहरुले बताएका छन् ।

 व्यवस्थापन कार्यालयले बृद्धि गरेको भाडा उद्योगीहरूले तिर्न सक्ने अवस्था नरहेको भन्दै कार्यालयको भाडा बढाउने निर्णय फिर्ता लिनुपर्ने मा गरेका राखेका छन् । नेपाल औधोगिक उद्योग महासंघको नेतृत्वमा आन्दोलन भएको हो ।