इटहरीः इटहरी स्थित आन्तरिक राजश्व कार्यालयबाट खटिइ आएका कर्मचारीले संगीत चोक वरपरका पसलहरुमा छड्के जाँच गर्न थालेपनि व्यापारीले त्यसको विरोध गरेका छन् ।
आर्थिक मन्दीको समयमा छापामार शैलीमा अनुगमन भन्दै व्यापारीलाई दुःख दिन खोजेको भन्दै सोमबार इटहरीका व्यापारीहरुले अनुगमन रोक्न अनुरोध गरेको र त्यसमा राजश्व कार्यलयको समुह सकारात्मक भएको उद्योग वाणिज्य संघ इटहरीका होटल विभागका प्रमुख तथा व्यावसायी जिवन पराजुलीले बताए ।
आर्थिक मन्दीले व्यापारलाई प्रत्येक्ष असर गरेको र व्यापारीहरु बैँकको बढेको व्याज तिर्न पनि नसकिरहेको बेलामा राजश्वको छापाले गलत सन्देश दिने भन्दै व्यापारीहरुले छापामार शैलीमा भएको अनुगमनको विरोध गरिएको बताएका छन् ।
उद्योग वाणिज्य संघको अगुवाईमै होटल व्यावासायी संघ इटहरीका अध्यक्ष जिवन पराजुलीको नेतृत्वमा व्यापारीहरुले राजश्व कार्यलय गएर घेराउ समेत गरेका थिए ।
इटहरी राजश्व कार्यलयले छापामार शैलीमा अनुगमन भन्दै व्यापारीलाई दुख दिएकाले कर कार्यलय घेराउ गर्नुपर्ने अवस्था आएको पराजुलीले बताए ।
कर कार्यालयले व्यापार नै खल्वल्याउने गरेको अनुगमनको विरोध गर्दै कर कार्यलयका प्रमुखसँग बसेर छलफल गरेको र चाँडै उद्योग वाणिज्य संघ र आन्तरिक राजश्व कार्यलयको उपस्थितीमा अन्तक्रिया कार्यक्रमको आयोजना गरिने पराजुलीले बताएका छन् ।
राजश्वको छापा पछि व्यापारीहरुले भोलीको दिनमा कसरी अगाडी बढ्ने भनेर संगीत चौकमा आएर आगामी रणनिति सम्बन्धमा खाका तयार गरेको बताएका छन् । व्यावसायीले विरोध गर्नुअघि राजश्वको टिमले ३ वटा पसलमा छड्के जाँच गरेको बताएको छ ।