धरानः धरान नगर प्रमुख तथा धरान खानेपानी बोर्डको सूचना कसैलाई नदिन निर्देशन दिएका छन् ।

धरान नगर प्रमुख राइले बुधबार वडाध्यक्षहरूले गरेको पत्रकार सम्मेलनमा खानेपनीको यथार्थ सार्वजनिक गर्ने बताएपछि नगर प्रमुख राईले बोर्डको सूचना नदिने लेखा शाखालाई निर्देशन दिएको खानेपानी बोर्डका सदस्य समेत रहेका नगरका प्रवक्ता सुर्यबहादुर भट्टराई (मनोज) ले जानकारी बताए । 

वडाध्यक्षहरूले पत्रकार सम्मेलनमा नगर प्रमुख राईले खानेपानी परियोजना सञ्चालन श्रमदानबाट गरेको भने पनि खानेपानी बोर्डका खर्च गरेको बताएका थिए । 

बोर्डका सदस्यसहित भट्टराईले खानेपानी बोर्डमा खर्च विवरण माग गरेको बिहीबार सार्वजनिक गर्ने बताएपछि सम्बन्धित लेखालाई सूचना नदिन निर्देशन गरेका थिए । 

धरान खानेपानी बोर्डको लेखासम्बन्धि कार्य धरान नगरको आर्थिक प्रशासन महाशाखाले नै हेदै आएको छ । आर्थिक प्रशासन महाशाखाका बरिष्ठ लेखा अधिकृत भेषराज अधिकारीले सूचना नदिन निर्देशन आएको बताए । उनले भने, ‘एकदुई दिन आफै सार्वजनिक गर्छु । अहिले कसैलाई खर्च विवरण नदिनु भन्ने मेयरको निर्देशन आएको छ ।