इटहरीः इटहरी उपमहानगरपालिकाले नगरभित्रका सार्वजनिक, पर्ती, खोला पैनी जस्ता जग्गाको विवरण संकलन गर्न थालेको छ ।
एपमहानगरको शुक्रबार बसेको कार्यपालिका बैठकले नगरभरीका सार्वजनिक ऐलानी, तथा पर्ती जग्गाको विवरण संकलनका लागि वडा समितिलाई निर्देशन दिएको हो ।
नगरभित्रमा त्यस्ता जग्गाको संरक्षणका लागि त्यस्ता प्रकृतिका सार्वजनिक जग्गाहरु प्रत्येक वडास्तरको अवस्थाको बारेमा जानकारी गराउन वडा समितिलाई कार्यपालिकाले निर्देशन दिएको हो ।
एक महिना भित्र वडा समितिले तथ्याङ्गक सहितको विवरण कार्यपालिका वैठकमा उपलव्ध गर्न भनिएको छ ।